एशियन लाइफ इन्स्योरेन्सको अनलाईन भुक्तानी आईतबारसम्म नचल्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आईतबार बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमबाट हुने सेवा पूर्ण रुपमा अवरुद्ध हुने भएको छ ।
कम्पनीको सूचना प्रविधि प्रणालीमा नियमित अध्यावधिक गर्ने कार्य भईरहेको हुँदा असार ११ गते (आज) देखि आईतबार बिहान ११ बजेसम्मका लागि अनलाईन माध्यमको सेवा बन्द भएको कम्पनीले जानकारी गराएको छ।
कम्पनीले मोबाईल बैंकिङ्, कनेक्ट आइपीएस, माध्यमबाट नविकरण बीमाशुल्क भुक्तानी र बीमालेख कर्जाको सावाँ ब्याज भुक्तानी सेवा अवरुद्ध हुने सूचना मार्फत जानकरी गराएको छ।
साथै कम्पनीले यसबाट बीमितहरुमा पर्न गएको असुविधाको लागि क्षमाप्राथी मागेको छ।