कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

१३ असार २०७८, आईतवार ११:३९

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

कञ्चनपुर जिल्लाको भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीले सानिमा लाइफमा २०७७ साल असारमा १३ लाख रुपैयाँको जीवन बीमा गराएकी थिईन् । उनको गत जेठ १३ गते कोरोना भाइरसको संक्रमणबाट निधन भएको थियो ।

जीवन बीमा गरेर जम्मा एक लाख रुपैयाँ भुक्तानी गरेपछि बीमितको निधन भएपछि निजकी श्रीमान प्रेम सिंह कार्कीलाई बीमाङ्क रकम १३ लाख तथा बोनस समेत थप गरी कूल १३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले मृतकी छोराहरु अपर्ण र आशिष कार्कीको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख गणेश प्रसार उप्रेतीले बीमितका आश्रित परिवारलाई सो रकम हस्तान्तरण गरेको हो । महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी , सिएसई नन्द राज बिष्टसहित वरिष्ठ एजेन्सी म्यानेजरहरु राजेन्द्र बहादुर बिष्ट, अम्बा दत्त जोशी, धनेश्वरी बोकटी र बीरेन्द्र सिंह बोहरा, एजेन्सी म्यानेजर दौपति हल्दार, अभिकर्ता हिमाल जोशीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*