नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१३ असार २०७८, आईतवार १२:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीलेगत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको एक कार्यक्रममा कम्पनीका डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ स्थित गतबर्ष फागुन २२ गते जीप दुर्घटनामा परी मृत्यु भएका पदमराज पन्तको मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*