युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति

१४ असार २०७८, सोमबार १२:२२

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ ।

कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै कम्पनीले आईपीओ निष्काशनको लागि असार १३ गते बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणहरुको आइपीओप्रति रुची बढ्दै गएकोमा कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको थियो । बोर्डका सहप्रवक्त रुपेश केशीका अनुसार कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री गर्न सेबोनबाट आज अनुमति पाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*