राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

१४ असार २०७८, सोमबार १३:५८

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द हुने जानकारी दिएको छ ।

त्यस्तै, थप जानकारीका लागि कम्पनीको आधिकारिक नम्बरमा सम्र्पक गर्न संस्थानले बीमितलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*