नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी

१४ असार २०७८, सोमबार १४:२८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

मृतक बीमित पदमराज पन्तको गत मार्चमा जिप दुघर्टनाको कारण मृत्यु भएको थियो । मृतक बीमितले सन् २०२१ फ्रेबअरीमा ७० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटनालाभ सहितको १५ बर्षे अमृत श्री सर्वाधिक जीवन बीमालेख खरिद गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*