सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो

१४ असार २०७८, सोमबार १६:२२

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो ।

उक्त बिषयमा आलोचना भएसँगै कम्पनी शनिबार एक सूचना जारी गर्दै योग्यता पुगेको सबैलाई समान अवसर प्रदान गर्ने भन्दै नयाँ सूचना जारी गरेको हो।एक साता अघि जारी गरेको उक्त सूचनामा एसिई कलेज र एपेक्स कलेजका विधार्थीले मात्र उक्त कम्पनीमा आवेदन दिन पाउने सूचनालाई सच्चाउदै योग्यता पुगको व्यक्तिलाई समान अवसर प्रदान गर्ने भन्दै पुन : कर्मचारी माग सम्बन्धी विज्ञप्ती जारी गरेको हो ।

कम्पनीले दाङमा ३, भोजपुरमा १ र काठमाडौंमा ३ गरी जम्मा ७ जना ब्रान्च इन्चार्ज मागेको हो । कम्पनीले दाङका तुलसीपुर, घोरही, लमही शाखा र काठमाडौंका किर्तीपुर, नक्साल र कालिमाटी शाखा र भोजुर शाखाको लागि १/१ कर्मचारी माग गरेको थियो ।

कम्पनीले सो पदका लागि आवेदन दिन त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट एमबीए गरेको हुनुपर्ने बताएको छ । साथै ३ वर्षको मार्केटिङ अनुभव, बैंक तथा वित्त वा लगानी समुहलाई प्राथमिकता दिने जनाएको छ ।

एक साता अघि जारी गरेको विज्ञप्ती,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*