दीक्षित परिवारले सगरमाथा इन्स्योरेन्सको शेयर बिक्री गर्दै, कम्पनीले निकाल्यो सूचना

१४ असार २०७८, सोमबार १७:२३

काठमाडौं । सामाजिक अभियान्ता तथा बरिष्ठ पत्रकार कनकमणि दीक्षित र उनको परिवारले सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको ३४ हजार ६४७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।

पत्रकार तथा सामाजिक अभियन्ता कनक दीक्षित र कुन्दमणि दीक्षितले वहाँहरुका नाममा कायम रहेको संस्थापक शेयरहरु प्रति शेयर न्यूनतम् मुल्य ४२५ रुपैयाँमा बिक्री मुल्य राखी शेयर बिक्री गर्न संचालक समितिको स्वीकृतिका निवेदन दिएकोमा मिति २०७८।०२।०४ मा बसेको संचालक समितिको ३०० औं बैठकबाट बिक्री गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले आज एक सूचना प्रकाशित गर्दै दीक्षित परिवारको नाममा रहेको ३४ हजार ६४७ कित्ता शेयर खरिदका लागि धितोपत्र सम्बन्धी नियम अनुसार कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई ३५ दिन निवेदन दिन आह्वान गरिएको छ ।

कम्पनीले कनक दीक्षितको नाममा रहेको १७,३२३ कित्ता र कुन्दमणि दीक्षितको नाममा रहेको संस्थापक शेयर १७,३२४ कित्ता संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक समूहका शेयरधनीहरुलाई संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ को दफा ११ को ब्यवस्था बमोजिम दरखास्त आह्वान गरेको हो ।

उक्त मितिभित्र संस्थापकहरुबाट उल्लेखित शेयरहरु खरिदका लागि निवेदन प्राप्त हुन नआएमा दीक्षित परिवारको माग बमोजिम लिलाममार्फत बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*