नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१४ असार २०७८, सोमबार १७:२५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंजस्थित शाखाले मृतकको परिवारलाई ५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।

मृतक बीमित द्रुपदा भट्टराईको कोरोना संक्रमण कारण मृत्यु भएको थियो । उनले कम्पनीमा अमृत श्री अग्राीम भुक्तानी अन्तर्गत दुई किस्ता तिरेका थिए ।उक्त चेक कम्पनीका नेपालगञ्ज शाखा इन्चार्ज दीप नारायण खनालबाट मृतकका पति एबम भेरी शीत भन्डारका अध्यक्ष बलराम भट्टराईलाई हस्तान्तरण गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*