५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी

१५ असार २०७८, मंगलवार ०८:१५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको निधनपछि उनका छोरा राहुल श्रीवास्तवलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृतक बीमित सुनिताले सो कम्पनीको बीरगंज शाखाबाट २०७७ कार्तिक १ गते १० लाखको जीवन बीमा गराएकी थिइन् । शाखाका वरिष्ठ एजेन्सी म्यानेजर धनजित गिरी मार्फत बीमा गराएकी उनले बीमा गरेको प्रथम किस्ता वापतको ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन् ।

कोभिड संक्रमणले २०७८ वैशाख २३ गते उनको मृत्युपश्चात बीमाङ्क रकम १० लाख र बोनश गरी २५ हजार थप गरी कुल १० लाख ३५ हजार शाखाका शाखा प्रमुख नविल रसुल अन्सारीले मृतकको घरमै पुगेर उनको परिवारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*