बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै

१५ असार २०७८, मंगलवार १३:४०

काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक खर्ब २८ अर्ब ८६ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत १ खर्ब २ अर्ब लाख रुपैयाँ संकलन गरेका छन् । त्यस्तै निर्जीवन बीमातर्फ कुल २६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ ।जीवन बीमा अन्तर्गत नेपाल लाइफले र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ ।

बीमा कम्पनीहरुले कोरोना महामारीका बीचमा यती धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । असार महिना लाग्नै लाग्दा टार्गेट पुराउनुपर्ने चटारोमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा शुल्क संकलन गरेका छन् । बीमा अभिकर्ताहरुले यस बिषम परिस्थतीमा पनि निरन्तर कार्यलाई प्राथमिकता दिदाँ जीवन बीमा कम्पनीहरुको खर्ब माथि पुग्न सफल भएको बीमा कम्पनीको अधिकारिहरु बताँउछन् ।

बीमा अभिकर्ता संघका नन्द प्रसाद तिवारीले यस बिषम परिस्थतीमा नेपाल सरकार, बीमा समिति र कम्पनीको साथ बिना पनि बीमितलाई दिने सेवालाई निरन्तरता दिनुपर्ने कारणले निरन्तर सेवामा खटिएको कारणले गर्दा नै आर्थिक बर्षको अन्त्य नजिकै खर्ब माथि बीमाव्यवसाय भित्रयाउन सफल भएको बताए । उनले भने, “यसै त आर्थिक बर्षको अन्त्यसम्ममा टार्गेट नपुराउँदा सेवा सुविधाबाट वञ्चित हुने कारणले गर्दा पनि अभिकर्ताहरुले यस बिषम परिस्थतीमा सुरक्षाको माध्यम अपनाँउदै व्यवसाय भित्रयाउन आतुर भएको देखिएको छ।”

जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन खर्बमाथि

नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले ११ महिनासम्ममा एक खर्ब दुई अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । ११ महिनाको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा कायमै रहन सफल भएको छ । सो कम्पनीले जेठ मसान्तसम्ममा २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरी सबैभन्दा अग्रणी कम्पनीको रुपमा कायमै रहन सफल भएको छ ।

त्यस्तै, दोस्रोमा एलआईसी नेपालले १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कूल बीमा शुल्कको आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको ११ महिनाको अवधिसम्ममा नौ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै, ११ महिनाको अवधिसम्ममा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । समीक्षा अवधीमा सानिमा लाइफले जेठ मसान्तसम्ममा एक अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले एक अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखरको अग्रता कायमै

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा आईपुग्दा २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क भित्रयाउन सफल भएको कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन भित्रयाउन सफल भएका छ।त्यस्तै, दोस्रोमा स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ११ महिनाको अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुको जेठ मसान्तसम्म प्रकाशन गरेको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड रुपैयाँ ,एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २३ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैया र अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन भित्रयाउन सफलल भएको छ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ ,ओरियण्टल इन्योरेन्सले ९५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*