सगरमाथा इन्स्योरन्सको साधारण सभा असार ३० गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ असार २०७८, बुधबार ११:१३

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार १७ गते भोली बुकक्लोज गर्ने भएकोले कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार आज असार १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन पाउनेछन् । साथै कम्पनीले वितरण गर्ने लाभांश समेत प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले असार ३० गते केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भर्चुअल माध्यमबाट (भिडियो कम्फ्रेन्स)को माध्यमबाट २४ औ वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सको सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*