एलआईसी नेपालको धनगढी शाखाद्वारा ८२ लाख मृत्यु दावी भुक्तानी

१६ असार २०७८, बुधबार १३:३३

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले दुर्घटनामा जीवन गुमाएका एक युवकको आश्रित परिवारलाई ८२ लाख पाँच हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ ।

तीन वर्षअघि जीवन बीमा गराएका धनगढी–९ का खगेन्द्र चौधरीको गत फागुन ८ गते मोटरसाइकल दुर्घतटनामा निधन भएको थियो । कम्पनीले बीमितकी हकवाला श्रीमती पुष्पा चौधरीलाई कूल पाउने रकममा निजले कम्पनीबाट लिएको ऋण कट्टा गरी बाँकी रहन आएको ७२ लाख ६३ हजार १७३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

एलआईसी नेपालले श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम बहादुर शाही, अभिकर्ता कृष्ण प्र डगौरा थारु लगायतका अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा शाखा प्रबन्धक भट्टले स्व. चौधरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै हकवाला श्रीमति पुष्पा कुमारी चौधरीलाई पहिले लिएको ऋण रकम घटाएर बाँकी रहेको रकमको मृत्युदाबीको चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

स्थानीय व्यवसायी चौधरी आफैले चलाएको पल्सर मोटरसाइकल बयलगाढामा ठोक्किएर दुर्घटना परी मृत्युवरण गरेका थिए । दुर्घटनामा घाइते भएका उनको उपचारको लागि अस्पताल पुर्याएपछि मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*