ब्राण्डिङ कौशलका धनी मेघेन्द्र प्रकाश गिरीले नेपाल लाइफ छोडे

२९ असार २०७८, मंगलवार १७:१५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध ब्राण्डिङ हेड मेघेन्द्र प्रकाश गिरीले उक्त कम्पनी छोडेका छन् । कम्पनीको म्यानेजर पदमा कार्यरत गिरी नेपालमा उत्कृष्ट ब्राण्डिङ गर्ने व्यक्तिमा पर्दछन् ।

गिरीले एक महिना पहिलो दिएको राजिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज स्वीकृत गरेको हो । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीमा सञ्चार तथा ब्राण्डिङ विभाग प्रमुखका रुपमा कार्यरत गिरीले नेपाल लाईफसँगको ४० महिना लामो यात्रा अन्त्य भएको सामाजिक सञ्जालमार्फत हिजो सार्वजनिक गरेका थिए । उनको राजिनामा आज स्वीकृत भएको हो ।

पछिल्लो समय नेपाल लाईफमा उत्कृष्ट राम्रा प्रतिभाहरु पलायन हुने क्रम बढिरहेको छ । यसअघि बार्षिक करोडौं रुपैयाँ काम गर्ने बीमा अभिकर्ताहरुले छोडिसकेका छन् । नेपाल लाईफ छोडेका महेन्द्रनगरका मदन भट्टले चिकेन स्टेशन नामक रेष्टुरेन्ट क्षेत्रमा लागेका छन् ।

आजैमात्र राजिनामा स्वीकृत भएका गिरीले नेपाल लाईफ छोडेपछि स्वतन्त्र व्यवसाय गर्ने बीमापोष्टलाई जानकारी दिएका छन् । गिरी दुई दशकभन्दा लामो समयदेखि ब्राण्डिङ क्षेत्रमा कार्यरत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*