दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

२९ असार २०७८, मंगलवार १७:४९

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशन अनुमतिको लागि निवेदन पेश गरिसकेका छन् ।

सेबोनका अनुसार सानिमा लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिइसकेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्नका लागि गत जेठ ९ गते निवेदन दिएको हो । सो कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले गत जेठ ३१ गते आईपीओ निष्काशन अनुमतिको लागि बोर्डमा निवेदन दिएको हो । सो कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

बोर्डबाट स्वीकृति पाएपश्चात यी दुई कम्पनीले छिट्टै आइपीओ निष्काशन गर्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*