सानिमा लाईफ इन्स्योरेन्सद्धारा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
३० असार २०७८, बुधबार ११:२५

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
साथै सो कम्पनीबाट जारी भएका बीमालेखको नकिवरण बीमाशुल्क समयमा भुक्तानि गर्न छुट भएका बीमालेखहरु मध्ये मिति २०७७ माघ ३० गते वा सो भन्दा अगाडि किस्ता तिर्नु पर्ने मिति भएका बीमालेखहरु व्यतित भएमा उक्त बीमालेखको बीमाशुल्क २०७८ असार ३१ गते मसान्त सम्म नवीकरण गरी भुक्तानी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
साथै सोही अवधि भित्रमा नविकरण भुक्तानी गरेमा विलम्ब शुल्कमा पूर्ण रुपमा छुट दिइने कम्पनीले जानकारी गराएको छ ।