खैरहनी नगरपालिकाका किसानलाई निःशुल्क कृषि बीमा सुविधा

३० असार २०७८, बुधबार १३:३७

काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले सोही ठाउँका किसानलाई निःशुल्क कृषि बीमा सुविधा दिएको छ । नगरपालिकाले सो बीमा गराउँदा लाग्ने प्रिमियम रकम किसानलाई उपलब्ध गराएको हो ।

किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालिमा प्रांकृतिक प्रकोपका कारण क्षति हुने किसानका गुनासोलाई मध्यनजर गर्दै नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ देखि निःशुल्क कृषि बीमा गराउने कार्यक्रमको सुरुवात गरेको जानकारी दिएको छ ।
नगरप्रमुख लालमणि चौधरीका अनुसार हरेक बर्षमा हावाहुरी असिनापानी जस्ता प्रकोपले गर्दा किसानले क्षति बेहोर्दै आएकाले राहत स्वरुप सो कार्यक्रम लागू गरिएको हो ।

बीमा कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ किसानलाई रु ४५ हजार उपलब्ध गराएको हो । सो कार्यक्रम प्रति लाभाविन्त हुँदै थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् ।

संघिय सरकारले तरकारी, फलफुलमार खाद्यान्नमा किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने ब्यवस्था रहेकोमा नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्न प्रिमियम शुल्कमा पनि अनुदान दिएर निःशुल्क बीमा गर्न ब्यवस्था मिलाएको नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालले जानकारी दिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*