एनआईसी एशिया बैंकद्धारा घातक रोगको उपचारवापतको बीमा रकम हस्तान्तरण

३० असार २०७८, बुधबार १३:५५

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगेको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गतको घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५ का झापा निवासी ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*