सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० असार २०७८, बुधबार १४:४८

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीकोे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सो बोनस शेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै, कम्पनीबाट सामाजिक संघ÷संस्थालाई आर्थिक सहयोग गर्दा भएको खर्च १६ लाख छलफल गरि पारित गरेको छ। कम्पनीको आव २०७७/०७८ को लेखापरिक्षण गर्न लेखा परिक्षक समेत नियुक्त गरी पारिश्रमिक निर्धारण गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*