लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा भट्टराई नियुक्त

३० असार २०७८, बुधबार १९:२७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीका संचालक समितिको बैठकको निर्णय बमोजिम उनलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गरेका हो । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनले साउन १ गतेदेखि कार्यभार समाल्ने भएका छन् ।

अधिकृत तहबाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र यूनाईटेड इन्स्योरेनस गरि १९ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ ।उनले सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका हुन। करिब दुई दशक बीमा क्षेत्रमा अनुभव बटुलेका भट्टराई बीमा क्षेत्रमा सरल तथा राम्रो छबिका व्यक्ति मानिन्छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*