अजोड इन्स्योरेन्सको शेयर सम्बन्धि कार्य सिभिल क्यापिटल मार्केटले गर्ने

३१ असार २०७८, बिहीबार ११:०४

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आरटिएस सर्भिस परिवर्तन गरेको छ । कम्पनीले नेप्से समक्ष पेश गरेको सूचनाद्धारा यस्तो जानकारी गराएको हो ।

कम्पनीको संचालक समितिको असार ३० गते बसेको ९२ औं बैठकको निर्णयअनुसार सो संस्थाको शेयर सम्बन्धी सम्पूर्ण कार्य (आरटिएस सेवा) गर्नका लागि सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

इन्स्योरेनस कम्पनीले साउन ४ गतेदेखि लागू हुने गरी सिभिल क्यापिट मार्केटलाई नियुक्त गरेको कम्पनीका सचिव तथा मुख्य प्रबन्धक बैद्यनाथ प्रसाद उपाध्यायले जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*