नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३१ असार २०७८, बिहीबार १३:५१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न्न भएको हो । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*