यूनियन लाइफको आइपीओ ५ :३० बजे बाँडफाँड हुने , नतिजा आजै

३१ असार २०७८, बिहीबार १६:५०

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ५ :३० देखि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ : ३० बजेदेखि बाँडफाँडको लागि तयारी गरिएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ७४ हजार बढीको हात खाली हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ७४ हजार ९९ को हात खाली हुने भएको हो ।

कम्पनीको आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । यसमध्ये कुल योग्य आवेदनको संख्या भने २१ लाख १२ हजार ७९९ जना रहेको क्यापिटलले जानकारी दिएको छ ।कम्पनीको अनुसार ६५ हजार १ सय ७५ जनाको आवेदन विभिन्न कारणले रद्द भएका छन्।

क्यापिटलका अनुसार ४ हजार ८ सय १ आवेदन डुब्लिकेशन भएको जनाएको छ । क्यापिटलले ‘प्रि अलोटमेण्ट’ कार्य सकेकाले उक्त आईपीओ आजै बाँडफाँड हुने जनाएको छ ।योग्य कुल आवेदक मध्ये ५ लाख ३८ हजार ५ सय जनालाई न्युनतम १० कित्ता आईपीओ पर्ने छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।जसमा ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*