यूनियन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, कूल १६ लाख ३९ हजार २७४ जनाको हात खाली

३१ असार २०७८, बिहीबार १७:४२

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आईपीओको बाँडफाँडको क्रममा १५ लाख ७४ हजार ९९ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले प्रमाणिकरण गरेको २१ लाख १२ हजार ५९९ जना आवेदकलाई मात्रै गोला प्रथामा सहभागी गराइएको हो । सो मध्ये ५ लाख ३८ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको हो । प्रमाणिकरण भएका १५ लाख ७४ हजार ९९ जनाको हात खाली भएको छ भने रद्द भएका आवेदक सहित कूल १६ लाख ३९ हजार २७४ जनाको हात खाली भएको छ । ६५ हजार १७५ जना भने गोलाप्रथामा भाग नलिई हात खाली भएको हो ।

दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भए पछि सदर भएका आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

नतिजा भने केहीबेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*