राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी पेश गर्ने आग्रह, साउन ४ गते सम्म आवेदन दिन सक्ने

१ श्रावण २०७८, शुक्रबार ०७:२४

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आग्रह गरेको हो । संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले असार ३१ गते देखि साउनको ४ गते सम्म आवेदन दिन सक्ने छन ।

सो अवधिमा प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा आवश्यक विवरण उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरण संग्लन राखी त्रैमासिक, अर्धबार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न सक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*