कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन निर्जिवन बीमा कम्पनीलाई समितिको निर्देशन

३१ असार २०७८, बिहीबार १९:३९

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन आग्रह गरेको छ। बीमा समितिले आज एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बीमा समितिले आज एक निर्देशिका जारी गर्दै कृषि मन्त्रालयको पत्रअनुसार नेपाल सरकारले चालु आर्थिक बर्षको आय व्ययको सार्वजनिक जानकारी वक्तव्य बुँदा नं १०३ तथा १०७ मा उल्लेख भए बमोजिम खाद्य भण्डार गृह तथा बाली तथा पशुपन्छी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको हुँदा सो अनुसार अनुदान दिन आग्रह गरेको हो ।

सरकारले २०७१ साल साउन १ गतेदेखि कृषि बीमा अन्तर्गत पशु पंक्षी तथा बाली बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । सरकारले २०७१ सालदेखि किसानलाई बीमा गराई जोखिम न्यूनिकरणको लागि प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको कृषि बीमा शुल्क अनुदान चालु आर्थिक बर्षको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत कटौति गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*