सानिमा लाइफको ६० लाख कित्ता आईपिओलाई निष्काशन अनुमति, साउन १५ पछि मात्रै आवेदन खुल्ने

३१ असार २०७८, बिहीबार १९:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज अनुमति दिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार उक्त आईपिओले आज अनुमति पाएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

आइपीओको बिक्रि प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओ निष्काशन गर्ने तयारी पूरा भइसकेको छ । यद्यपि सानिमा लाइफको आईपिओ निष्काशनमा केही ढिलाई हुने भएको छ । मेरो शेयरको सर्भरमा आगामी साउन पहिलो साता काम गर्नुपर्ने भएकोले सम्भवतः साउनको दोस्रो साता मात्रै सानिमा लाइफको आईपिओ निष्काशन हुनेछ ।

कम्पनीको आइपीओ निष्काशनका लागि यसअघि नै रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*