युनाईटेड इन्स्योरेन्स अर्ब क्लवमा प्रवेश, व्यवसायमा कमब्याक हुँदै कम्पनी

३१ असार २०७८, बिहीबार २२:४८

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको नेपाली बीमा व्यवसायमा कमब्याक भएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी अर्ब रुपैयाँ पुगेको अवसरमा कम्पनीले खुशी मनाएको छ ।

चालु आर्थिक वर्षको अन्तिम दिन कम्पनीले १०० करोड अर्थात एक अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कुनै समय निकै प्रख्यात कमाएको थियो । २०७२ सालदेखि निकै अप्ठेरो अवस्थाको सामना गरेको कम्पनीले चालु आवसम्म आइपुग्दा उल्लेख्य प्रगति गर्दै अर्ब क्लवमा प्रवेश गरेको हो । कोरोना महामारीको विषम परिस्थितिमा समेत यस यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो ।

कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ आएपछि कम्पनीले राम्रो प्रगति गर्दै गएको हो । पछिल्लो समय कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा उपासना पौडेलले नेतृत्व गरिरहेकी छिन् । कम्पनीमा कार्यरत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल गर्दै कम्पनीको अर्ब क्लवमा प्रवेश गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*