पुनर्बिमा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?

१ श्रावण २०७८, शुक्रबार १४:४५

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा मार्फत ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमातर्फ नाफा घटेको छ भने जीवन बीमातर्फ नाफा बढेको हो ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बीमााशुल्क संकलन गरेको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल खुद नाफा १.०५ प्रतिशत अर्थात ९६ लाख ४० हजार रुपैयाँ बढी हो। गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ७५ लाख रुपैयाँ छ ।कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०५ पैसा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*