कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने, अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या

१ श्रावण २०७८, शुक्रबार १५:५१

काठमाडौं । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् ।

कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी भुक्तानी भएर सकिएपछि अपुग रकम नेपाल सरकारले दिनुपर्नेमा सो रकम निकाशा हुन नसक्दा बीमितहरुले तत्काल रकम नपाउने भएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार आर्थिको अन्तिम दिन हिजो निकासा हुनुपर्ने रकम अख्तियार नआएका कारण निकासा हुन सकेन । बीमा समितिले तत्काल तीन अर्ब रुपैयाँ बीमा पुलमा प्रमाणिकरण भएका बीमितका लागि भुक्तानी गर्न माग गरेको थियो । सो रकम अर्थमन्त्रालयले उपलब्ध नगराएकोले कोरोना बीमितले तत्काल रकम पाउन नसक्ने बीमा समितिले जनाएको छ ।

हाल बीमा पुलमा करिब ५० हजार जनाको फाइल प्रमाणिकरण भई भुक्तानीको लागि प्रतिक्षामा छन् । सरकारले रकम निकासा नगरेपछि कोरोना संक्रमित भई बीमा दावीका लागि फाइल पेश गरेकाहरुले तत्काल रकम नपाउने भएका छन् । कोरोना बीमा मापदण्ड २०७७ अनुसार उक्त कोरोना बीमा पुलमा जम्मा भएको साढे तीन अर्ब रुपैयाँ वितरण भएर सकिइसकेको छ । रकम अभावमा बीमितहरुले दावी भुक्तानी पाउन नसकेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*