आइएमई लाइफले अभिकर्ता आधारभूत तालिम संचालन गर्दै

१ श्रावण २०७८, शुक्रबार १७:३३

काठमाडौं । आइएमई लाइफले अभिकर्ता आधाभूत तालिम संचालन गर्ने भएको छ । जीवन विकास कम्पनीको अभिकर्ता भई राष्ट्रको समाजिक तथा आर्थिक रुपान्तरणमा अभियान्ताको रुपमा कार्य गर्न सक्नेले सहभागी हुन पाउने छन् ।

सहभागी ईच्छुक व्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय , शाखा तथा उपशाखाबाट जिबन बीमा कम्पनीका अभिकर्ताले आधारभुत तालिम संचालन गरिने छ ।

साथै तालिमका बारे सम्पूर्ण बिस्तुत कम्पनीको वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ। कम्पनीको अभिकर्ता भई कार्य गर्न ईच्छुक न्यूनतम एस।ई।ई उत्तीर्णलाई तालिममा भाग लिई दक्ष अभिकर्ताको रुपमा आफ्नो व्यक्तित्व विकासमा वृद्धि गर्न कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*