एभरेष्ट इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश

३ श्रावण २०७८, आईतवार १४:०६

काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक बर्ष असार मसान्तको एक दिन अगावै १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

कुनै समय निर्जीवन बीमा कम्पनीमा एक नम्बरमा रहेको एभरेष्ट इन्स्योरेन्स केहि समय पछाडि परेको थियो । कम्पनीको सिईओमा कमल गौतम रहेका छन् । कम्पनीको सिईओ गौतमको नेतृत्वमा कम्पनीले पुरानो ब्राण्डलाई फर्काउने प्रयास गरिरहेको छ । उनको चार ४ वर्षको लागि कार्यकालका लागि बीमा समितिले थप स्वीकृति दिएसँगै आगामी चार बर्षका लागि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रह्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*