आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा

४ श्रावण २०७८, सोमबार १३:११

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*