गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, अधिकतम ८१ रुपैयाँसम्म बोनस पाउने

४ श्रावण २०७८, सोमबार १६:०१

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आ.व २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ असार २८ गतेको पत्र मार्फत स्वीकृत भई नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले न्युनतम प्रतिहजार २३ रुपैयाँदेखि ८१ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।कम्पनीले निम्न तालिका बमोजिम उ्रल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण, आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु आर्थिक बीमालेखमा समेत लागु हुनका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर निधारण हुने गरि नयाँ बोनसदर घोषणा गरेको हो ।

सावधिक जीवन बीमालेख को हकमा कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ। त्यस्तै, बालबालिकाको सावाधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ। कम्पनीले सावधिक तथा आजीवन बीमालेख सावधिक तथा आजीवन बीमालेखको हकमा पनि कम्पनीले न्युनतम ४६ रुपैयाँदेखि ८१ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा कम्पनीले न्युनतम ४१ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । गुराँस सुरक्षित भविष्य जीवन बीमालेखको अन्तर्गत न्यूनतम २३ रुपैयाँ देखि अधिकतम ४० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*