सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयले मृत्युदाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
मृतक कृष्ण प्रसाद खनालले गत मंसिर ८ गते सो शाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङकको सानिमा दम्पती बीमा योजना खरीद गरेका थिए । सोही अनुसार उनकी श्रीमती बिष्णु माया तिमल्सिना लाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
साथै मृतक बीमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बीमा गरेकाले अब बाकी १४ किस्ता कम्पनिले तिर्ने र अवधी पूरा भएपछी बोनश र बीमाङक सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीले जानकारी गराएको छ । खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४३३ रुपैया कम्पनीलाई बुझाएका थिए ।