जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ६६ अर्ब माथि, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

५ श्रावण २०७८, मंगलवार १३:३६

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा हाल नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साढे ६६ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा कम्पनीहरुले ११ महिनाको अवधिमो ६६ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बैंशाख महिनाको तुलनामा भने यस महिनामा कम्पनीको नविकरण बीमाशुल्क आर्जन घटेको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिनामा जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको थिए ।

बीमा समितिको तथ्याङ्क बमोजिम जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले कम्पनीले ११ महिनाको अवधिमा २० अर्ब ५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशने जेठ मसान्तसम्ममा ११ अर्ब ५२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले ११ महिनाको अवधिमा ६ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको आंकाडा अनुसार नेशनल लाइफले ६ अर्ब ३६ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ , मेट लाइफले ३ अर्ब २१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब २० करोड रुपैयाँ , सूर्या लाइफले १ अर्ब ९० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २० करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, ज्योति लाइफले ९८ करोड रुपैयाँ, रिलायन्स लाइफले ८८ करोड रुपैयाँ, रिलायन्स लाइफले ८८ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ६६ करोड रुपैयाँ, सानिमा लाइफले ५६ करोड रुपैयाँ, प्रभु लाइफले ४६ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*