चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

५ श्रावण २०७८, मंगलवार १२:५१

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको जानकारी गराएको हो ।

प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्शियल बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । जसमा प्रभु बैंकको न्यूनतम मूल्य २६३ रुपैयाँ, प्राइम कमर्शियल बैंकको न्युनतम मूल्य रु २५३, नेशनल लाईफ इन्स्योरेन्स र नेपाल ग्रामिण विकास लघुवित्तको न्युनतम मूल्य रु ५०० तोकिएको छ ।

उक्त कम्पनीहरुको सो शेयर खरिद गर्न इच्छुक योग्य संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाले साउन १५ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सो शेयर खरिदका लागि बोलकबोल गर्दा सम्पूर्ण कम्पनीहरुको न्यूनतम मूल्य भन्दा धेरै मूल्य अंकित गरी र न्यूनतम ५००० कित्ताको लागि आवेदन दिनु पर्नेछ ।

इच्छुक लगानीकर्ताले उक्त कम्पनीहरुको संस्थापक शेयर खरिद गर्नका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमल काठमाडौं कार्यालयमा के कति कित्ता शेयर माग गर्ने सम्पूर्ण विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*