ज्योति लाइफले साउन १० गतेसम्म बीमा अभिकर्ता तालिम प्रदान गर्दै

५ श्रावण २०७८, मंगलवार १३:४१

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता आधारभूत तालिम संचालनमा ल्याउन लागेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्युनतम एस.एल.सी/एस.ई.ई वा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम कार्यक्रम संचालन हुन लागेको जानकारी गराएको छ ।

सो तालिममा सहभागी हुने चाहने इच्छुक व्यक्तिले  https://jyotilife.com/training/  बाट थप जानकारी लिन सकिने साथै आफ्नो नजिकको शाखा तथा उपशाखा वा केन्द्रिय कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*