जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १५.३५ प्रतिशतले मात्र बढ्यो

५ श्रावण २०७८, मंगलवार १५:२१

काठमाडौं । बीमा समितिले स्थलगत अनुगमन गरेको गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको छ । बीमा समितिले साउन १ गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो ।

उक्त स्थलगत अनुगमन अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा कूल १ खर्व २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ।त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले भने गत आर्थिक बर्ष ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

जीवन बीमा र निर्जीवन बीमा गरि कूल १ खर्ब ५१ अर्व ४५ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्ष को तुलनामा गत आर्थिक वर्ष २०७७ ७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५ दशमलव ३५ प्रतिशत बढि आर्जन गरेका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९ सय ६४ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख रुपैयाँ बीमा मागदावी भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ।

निर्जीवन बीमातर्फ भने ८६ हजार ४ सय ४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी दिन बाँकी रहेको बीमा समितिले निरिक्षणमा गरिएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, व्यतित बीमा अन्तर्गत गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३ सय ३१ वटा बीमालेखहरू व्यतित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*