रिलायबल नेपालको सिईओ लोहनीको कार्यकाल थप

५ श्रावण २०७८, मंगलवार १७:०४

काठमाडौं । रिलायबल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीलाई थप कार्यकालका लागि नियुक्ति गर्ने निर्णय भएको छ। कम्पनीको साउन १ गते सम्पन्न संचालक समितिको बैठकले सिईओ लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।समितिले कार्यकाल थप्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति भने लिनु पर्नेछ।

कम्पनीको संचालक समितिको निर्णय भईसेकेको र बीमा समितिबाट स्वीकृती हुन बाँकि रहेको कम्पनीले जनाएको छ । समितिको निर्णय पश्चात् मात्र सिईओ लोहनीको चार बर्षको कार्यकाल थप हुने छ । सिईओ लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*