जीवन बीमा कम्पनीले असार मसान्तसम्ममा १ खर्ब २० अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीको कति गरे ?

५ श्रावण २०७८, मंगलवार १७:४४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा प्रथम बीमाशुल्कबाट ४१ अर्ब रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ७८ अर्ब ३५ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्कबाट ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न कुल १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षको अन्तयसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३२ अर्ब ८४ करोड रुपैयाँ बीमाशु्ल्क आर्जन गर्न सफल भएका छन् । नेशनल लाइफले १२ अर्ब १६ करोड रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब १४ करोड रुपैयाँ राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार मेट लाइफले ५ अर्ब २ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ९२ करोड रुपैयाँ, सूर्या लाइफले ४ अर्ब २६ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ६८ करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७९ करोड रुपैयाँ, यूनियन लाइफले ६ अर्ब ७७ करो्ड रुपैयाँ र ज्योति लाइफले ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सन नेपाल लाइफले २ अर्ब २२ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*