१९ निर्जिवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ३१ अर्ब माथि, कसको अवस्था कस्तो ?

५ श्रावण २०७८, मंगलवार १८:१२

काठमाडौं । १९  निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असारमसान्तसम्ममा साढे ३१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । २० निर्जिवन बीमा कम्पनीहमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने बीमा समितिको तथ्याङ्कमा उल्लेख गरिएको छैन ।

समितिका अनुसार निर्जिवन बीमा कम्पनीहरुले १२ महिनाको अवधिमा ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । असारमसान्तसम्ममा सबैभन्दा धैरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आ.वको अन्तयसम्ममा ३ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क भित्रयाउन सफल भएको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ३२ करोड रुपैया, एनएलजी इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ , आइएमई जनरल १ अर्ब ५२ करोड रुपैयाँ , लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ , प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँ रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

त्यस्तै, पु्रडेन्सियल १ अर्ब २८ करोड रुपैयाँ , नेपाल इन्स्योरेन्स १ अर्ब २७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्सले १ अर्ब १६ करोड, युनाइटेड १ अर्ब ५ करोड, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब एक करोड रुपैयाँ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*