जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन ४२ अर्ब नजिक, कुनको कति ? (तथ्याङ्क सहित)

६ श्रावण २०७८, बुधबार ०८:३६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा झण्डै ४२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा प्रथम बीमाशुल्कबाट ४१ अर्ब रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ७८ अर्ब ३५ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्कबाट ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न कुल १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि असारमसान्तसम्ममा ४ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललयस अवधिसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने यूनियन लाइफ इन्स्योरेन्सले ३ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड, एशियन लाइफले २ अर्ब १३ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब २ करोड, सूर्या लाइफ इन्स्योरेन्सले २ अर्ब १ करोड, ज्योति लाइफले १ अर्ब ८४ करोड, गुराँस लाइफ इन्स्योरेन्सले १ अर्ब ६८ करोड, आइएमई लाइफले १ अर्ब ५९ करोड, रिलायन्स लाइफले १ अर्ब ४८ करोड र मेट लाइफले १ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्राइम लाइफले १ अर्ब ३८ करोड रुपैयाँ , सानिमा लाइफले १ अर्ब २८ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ, प्रभु लाइफले ८९ करोड, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७६ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*