सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

६ श्रावण २०७८, बुधबार १०:५८

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज बैंक लिमिटेडको नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ रुपैयाँ तोकेको छ । कम्पनीले साउन ६ गतेबाट बिक्रीमा ल्याएको सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सुरक्षण भवन भगवती मार्ग नक्सालमा रितपूर्वक निवेदन दिन सक्नेछन् ।

साथै कम्पनीले तोकेको अवधिभित्र सो शेयर खरीद गर्न निवेदन नआएमा निवेदकको माग बमोजिम वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्तिका नाममा विक्री हुने समेत कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*