बीमा समितिद्धारा साउन ८ गते जीवन बीमा कम्पनीलाई अण्डराइटिङ तालिम

६ श्रावण २०७८, बुधबार १३:३६

काठमाडौं । बीमा समितिले हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई अण्डराइटिङ सम्बन्धी तालिम दिने भएको छ ।समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई इन्स्टिच्युट नेपालको नयाँ नक्सालस्थ्ति तालिमहलमा अन्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । समितिले जीवन बीमा कम्पनीहरुको अण्डरराइटिङसँग सम्बन्धित समस्या र समाधान बिषयक अन्तक्रिया संचालन गर्न लागेको हो ।

समितिले सम्पुर्ण जीवन बीमा कम्पनीको अण्डरराइटिङ विभागका प्रमुखहरुलाई ‘अण्डरराईटिङसँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तर्क्रिरयात्मक तालिममा सहमागि हुने निर्देशन दिएको छ । जीवन बीमा क्षेत्रमा अण्डराइटिङ सबैभन्दा महत्वपुर्ण विभाग हो । यदि कम्पनीहरुले राम्रो सँग अण्डराइटिङ गर्न सकेनन् भने धेरै दाबी पर्ने तथा फ्रडका घटना बढ्न सक्छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*