बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै

७ श्रावण २०७८, बिहीबार १४:३०

काठमाडौं । नेपाल सरकारका सबै साउन लागेपछि फुर्सदिला हुन्छन् । साथै साउन महिनाभर सरकारी कार्यालय (सेवाग्राहीको भिड हुने ठाउँ, मालपोत, यातायात, नापी बाहेक) मा मानिसहरुको चहल पहल नै हुदैन । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थानमा भने साउन लागेपछि भिडभाड भ्याई नभ्याई सुरु भएको छ ।

राष्ट्रिय बीमा संस्थानमा यतिबेला जीवन बीमा शुल्क बुझाउनेको भिड लागिरहेको छ । बिहिवार बीमापोष्ट प्रतिनिधि पुग्दा कार्यालयको मुल गेट बाहिरसम्म बीमितहरुको भिड लागेको थियो । बीमितहरुले लाइन बसेर बीमा शुल्क बुझाउने नेपालको एक मात्र बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान नै हुनुपर्छ ।

अन्य कम्पनीहरुमा बीमा शुल्क सम्बन्धी काम समेत बीमा अभिकर्ताले नै गर्ने हुँदा बीमा शुल्क बुझाउँदा लाइन बस्नु पर्दैन । तर, संस्थानमा भने फरक नियति देखिएको छ । संस्थानको बीमा शुल्क आम्दानी हुने मुख्य सिजन भनेकै साउन र भदौं महिना हो । सरकारी कर्मचारीहरुको बीमा संस्थानमा गरिएकोले बीमा शुल्क बुझाउन सरकारी कर्मचारी आफै आउने गरेका छन् ।

संस्थानमा हाल दैनिक करोडौं रुपैयाँ बीमा शुल्क संकलन भइरहेको छ । गत आर्थिक वर्षको साउन महिनामा मात्रै तीन अर्बभन्दा बढि बीमा शुल्क नविकरण बापत संकलन गरेको संस्थानले यस वर्ष पनि सोही हाराहारीमा बीमा शुल्क संकलन गर्ने अनुमान गरिएकोे छ ।

लाइनमा बसेका बीमितहरुले भने बीमा शुल्क बुझाउन घण्टौ लाइनमा बस्नु परेको भन्दै संस्थानको व्यवस्थापन सामू गुनासो व्यक्त गरेका छन् ।

One thought on “बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै

  1. Sunil Kumar Kc says:

    eSewa बाट बुझाउन मिल्छ होइन र हजुर किन लाईन बस्नुपर्यो ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*