‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु

७ श्रावण २०७८, बिहीबार १७:०७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको हो ।

एक वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाले अब नेपाल लाइफको बीमा पोलिसी खरिद गर्न सक्ने भएका छन् । यसअघि ११ वर्ष उमेरसम्मका बालबालिकाले केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ नामक पोलिसी मात्रै खरिद गर्न पाउने व्यवस्था थियो । बालशिक्षा बीमा पोलिसी निकै महंगो भएको गुनासो र बालबालिकाको उमेर अन्तर मिलाउन नयाँ बीमा पोलिसी जारी गरेको हो ।

न्यूनतम् ५ देखि ३० वर्षसम्म सम्म अवधीको बीमा पोलिसी न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम् ५० लाख रुपैयाँ बीमाङ्कको बीमा पोलिसी खरिद गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बीमितलाई केही भएमा जोखिम प्रारम्भ भएदेखि २५ प्रतिशत मात्रै पाउनेछन भने ७५% बीमाङ्क रकम बीमा पोलिसीमा उल्लेख भएको बीमा अवधी समाप्त भएपछि एकमुष्ठ भुक्तानी गरिनेछ । नौलो केटाकेटी जीवन बीमा पोलिसी जन्मने बित्तिकै देखि ११ वर्षको उमेरसम्म खरिद गर्न पाइनेछ ।

यसैबीच, आजदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री गर्दै आएको केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ बिक्री बन्द गरेको छ । कम्पनीले अभिकर्ता तथा शाखा कार्यालयहरुलाई पूर्व जानकारी समेत नदिई बन्द गरेको आरोप सो कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुले लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबै अभिकर्ताहरुलाई मोबाइल एसएमएसमार्फत आज विहानै सूचना दिएर आजैदेखि केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ बिक्री बन्द गरेको छ ।

One thought on “‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु

  1. Ang tendi sherpa says:

    Hamilai ta kei jankari nai ayana ta yo thai nabai avikartalI jankari nai nagari kasari hatyo sarasar VikRta harulai helchekrai gReko hoki nepal life le

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*