ज्योति लाइफद्वारा बीमितको घरमै गई मृत्यु दावी भुक्तानी

७ श्रावण २०७८, बिहीबार १७:०५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।कम्पनीमा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका श्रीकृष्ण महर्जनको मिति गत जेठ १ मा कोरोना को संक्रमणको कारण मृत्यु भएको थियो ।

उक्त बीमा दाबी वापतको रकम उनको श्रीमती रजिसा महर्जनलाई कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको हो ।कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालूले श्रीमती रजिसा महर्जनलाई उहाँको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*