नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको पदावधी शुक्रबार सकिदै

७ श्रावण २०७८, बिहीबार २१:३७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहको कार्यकाल शुक्रबारदेखि सकिदैछ । नेपालको पहिलो बीमा कम्पनीमा चार वर्षे कार्यकाल भोलि साउन ८ गतेबाट सकिन लागेको हो ।

२०७४ साल साउन ९ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा कार्यभार सम्हालेका शाहलाई आज एक कार्यक्रमका बीच अनौपचारिक बिदाई गरिएको छ । राजधानीको एक होटलमा भव्य विदाई गरिएको हो । शाहलाई २०७४ साल असार २० गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । नियामकीय नियम पूरा गरेर शाहले साउन ९ गतेदेखि सिईओ पदमा कार्यभार सम्हालेका थिए । सिईओ शाहले भोलिबाट आफ्नो पदावधी सकिएकोले कम्पनीबाट विदा लिन लागेको जानकारी दिए ।

यसअघि एनएलजी इन्स्योरेन्स कम्पनीमा ८ वर्ष बिताएका शाह नेपाली बीमा क्षेत्रमा राम्रो ज्ञान भएका सिईओ मानिन्छन् । उनले दुई वर्षअघि विकासशिल राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) अध्यक्ष समेत भएर काम गरेका थिए ।

सिईओ शाहको पदावधी सकिएपछि कम्पनीका डिसिईओ ईश्वर पोखरेललाई कामु सिईओको जिम्मेवारी दिने तयारी गरिएको छ । पोखरेल केही महिना अघि खुल्ला प्रतिस्पर्धाबाट डिसिईओमा नियुक्त भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*