बीमा कम्पनीको पुनर्बीमा निर्देशिका संशोधनबारे पहिलो चरणको छलफल सकियो

८ श्रावण २०७८, शुक्रबार ११:०२

काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी २०६५ सालमा जारी गरिएको निर्देशिका संशोधन गर्न बीमा समितिले पहिलो चरणको छलफल सम्पन्न भएको छ । बीमा समितिले हिजो सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गरेको हो । हिजो अपरान्ह डिजिटल माध्यमबाट छलफल गरिएको बीमा समितिले जनाएको छ ।

पहिलो चरणमा पुनर्बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखसँग छलफल गरेको बीमा समितिले दोस्रो चरणमा जीवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गर्दैछ । सो छलफल आइतबारका लागि राखिएको छ ।

पहिलो चरणको छलफलमा समय सापेक्ष बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका अपडेट गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव आएको छ । निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखहरुले यसबीचमा आईपरेका अप्ठेरा तथा निर्जिवन बीमा सम्बन्धी पुनर्बीमा निर्देशिका २०६५ मा गर्नुपर्ने संशोधनका बुँदाहरु टिपाएका छन् ।

बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिका तयार पार्न बहुचरणमा छलफल गर्ने योजना बनाएको जनाएको छ । आगामी आइतबारको छलफल सकिएपछि बिज्ञहरु छलफल पश्चात मस्यौदा लेखन सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*